खाेज्नुहाेस

गोदावरी– २ मा लैगिंकमैत्री तथा गुणस्तरीय सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– २ मा लैगिंकमैत्री तथा गुणस्तरीय सार्वजनिक सेवा सेवाग्राहीको अनुभव विषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । निड्स नेपाल धनगढी र सुशासन प्रर्वद्धनका लागि युवा सुर्खेतको साझेदारीमा संचालित लैगिंक समानताका लागि सामाजिक जवाफदेहिता परियोजना अन्तर्गत सञ्चालित सो कार्यक्रम सोमबार सम्पन्न भएको हो ।

navjiwan hospital

कार्यक्रममा करिब ५५ भन्दा बढी स्थानिय महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि महिलाहरुले विकास र सेवासँग सम्बन्धीत रहेर विभिन्न प्रश्नहरु राखेका थिए । जसमा महिलाले योजना तर्जुमामा महिलाको सहभागिता, महिला, दलित जनजाती, पछाडी पारिएको वर्गको लागि गरिने बजेट विनियोजनको अवस्था, स्वास्थ्य कर्मचारी नहुँदा महिला सेवाग्राहीले भोग्नुपर्ने समस्या लगायतका पोलमा बत्ति, रोड बनाउने, मन्दिर बनाउने, कृषि उपज बजारीकरण, आयआर्जन तथा सीपमुलक तालिम सञ्चालन गर्ने नगर्ने विषयमा प्रश्नहरु राखिएको थियो । कार्यक्रममा उठेका प्रश्नहरुको वडासदस्य डबल बहादुर साउँदले जवाफ दिएका थिए ।

attariya hospital

कार्यक्रमको अन्तमा वडासदस्य साउँदले ६ बुँदे लिखित सार्वजनिक प्रतिवद्धतामा हस्ताक्षर गरेका थिए । युरोपियन युनियन र संयुक्त राष्टसंघ महिला कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा र प्रोपव्लिकको अगुवाईमा परियोजना सञ्चालन गरिएको हो । जसमा वडाकार्यालयको समन्वय रहेको थियो । कार्यक्रमको सहजीकरण निड्स नेपालका परियोजना संयोजक सरिता कुमारी थापाले गरेकी थिईन ।