अत्तरिया — प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ४ कैलालीका उम्मेदवार लेखराज भट्टले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । भट्टले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार उनले चुनावी अभियानमा कुल १८ लाख ७५ हजार रुपैयाँ खर्च गरेका छन् ।

उनीद्वारा बुझाइएको विवरणमा मतदाता नामावली छपाइमा २ लाख ५० हजार रुपैयाँ, सवारी साधन प्रयोगमा ३ लाख २५ हजार रुपैयाँ, सवारी इन्धनमा १ लाख २५ हजार रुपैयाँ, प्रचार प्रसार सामग्रीमा २ लाख ५० हजार रुपैयाँ, दुवानी तथा खानामा १ लाख ५० हजार रुपैयाँ, गोष्ठी तथा अन्तक्रियामा १ लाख ५० हजार रुपैयाँ, कार्यालय सञ्चालनमा ५० हजार रुपैयाँ, प्रतिनिधि परिचालनमा २ लाख ५० हजार रुपैयाँ र विविधमा ३ लाख २५ हजार रुपैयाँ रहेको छ ।

भट्टले निर्वाचन आयोगको निर्देशिका अनुसार सम्पूर्ण खर्चको विवरण तयार गरी बुझाइएको जनाएका छन् ।




















