खाेज्नुहाेस

बर्दगोरियामा रहेको सहारा घरलाई एनएमबि लघुवित्तको खाद्यान्न सहयोग

Image

अत्तरिया– कैलालीको बर्दगोरिया गाउँपालिका–२ मा रहेको सहारा घरलाई खाद्य सामग्री सहयोग गरिएको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको एनएमबि लघुवित्त वित्तिय संस्था लि. को धनगढी प्रादेशिक कार्यालय मार्फत सो खाद्यान्न सहारा घरलाई सहयोग गरिएको हो ।

navjiwan hospital

लघुवित्त १३ वर्ष पुरा गरी १४ वर्ष पुरा गरेको अवसरमा सहारा घरलाई खाद्यान्न सहयोग गरिएको लघुवित्तका धनगढी प्रादेशीक कार्यालयका क्षेत्रिय प्रबन्धक राजेश ठकुल्लाले बताए । उनका अनुसार सहारा घरलाई ५ बोरा चामल, १४ किलो दाल, १ पेटी खाने तेल, ५ किलो नुन, ५ किलो चिनि, १ किलो चियापत्ती, १ पेटी स्याउ, ४ किलो अंगुर, १० किलो आलु, ५ किलो प्याज, ५ किलो टमाटर, ५ किलो गोभी, ५ किलो लौका र २ किलो बैगुन सहयोग गरिएको हो ।
आईतबार एक कार्यक्रमका बिच सो सामग्री सहारा घरलाई हस्तान्तरण गरिएको छ । परिवार, समाजले हेला गरेका मानवलाई सहारा दिनु सानो कुरा नभएको हुँदा केही सहयोग होस भन्ने उद्देश्यले खाद्यान्न वितरण गरेको उनको भनाई थियो । आफूहरूले सहारा घरमा पुगेर खाद्यान्न वितरण गर्न पाउँदा निकै खुसी लागेको क्षेत्रीय प्रबन्धक राजेश ठकुल्लाले बताए ।

attariya hospital

कार्यक्रममा बोल्दै बर्दगोरिया – २ का वडाध्यक्ष गोबिन्द बहादुर वि.क. ले दिन दुखी र असहायलाई सहयोग गर्नु मानवीय कार्य भएको बताए । सहारा घर सञ्चालन गर्नु आफैमा एकदमै सह्रानीय र राम्रो भएको बताउँदै उनले असहाय असक्तहरूको जिम्मेवार राष्ट्रको भए पनि एउटा व्यक्तिले गर्नु चुनौती पूर्ण कुरा रहेको बताए ।

असहायका लागि सहयोगी हात नेपालद्वारा सञ्चालित सहारा घरलाई लघुवित्तले गरेको सहयोगका लागि सहारा घरका सञ्चालक बल बहादुर विष्टले धन्यवाद ज्ञापन गरे । उनले घरपरिवारबाट अपहेलित, असहाय, घर परिवार विहीन तथा अपहेलनामा परेका सहारा विहीनहरूलाई सहारा दिइरहेको उनले बताए । कार्यक्रममा साडेपानी शाखाका शाखा प्रमुख महेश भट्ट, गोदावारी शाखाका शाखा प्रमुख मनिषा कुमारी चन्द, धनगडी शाखाका शाखा प्रमुख दुर्गा भट्ट, जोशीपुर शाखाका शाखा प्रमुख हेमा चौधरी, कर्मचारी आर्यन ताम्राकार, देवकी जोशी, कमल बहादुर धामी र सुनिल पाण्डेयकोे सहभागिता रहेको थियो । अहिले १ सय जना मानसिक रोगीहरू बसोबास गरिरहेका सो घरले धेरै जनालाई परिवार मिलान गराई घर फर्काइसकेको छ ।