खाेज्नुहाेस

गोदावरीबाट लागू औषध सहित २ जना पक्राउ

Image

अत्तरिया – कैलालीको गोदावरीबाट लागू औषध सहित २ जना पक्राउ परेका छन । शनिबार साँझ गोदावरी नगरपालिका – ११ गौडीबजारमा स्थानीय ३४ को लोकेन्द्र कठायतले सञ्चालन गरेको खुद्रा पसलमा लागूऔषधको सेवन तथा कारोवार भइरहेको सुचनाको आधारमा गरिएको खनतलासीका क्रममा ६७० मिलिग्राम लागूऔषध खैरो हेरोईन बरामद गरिएको प्रहरीले जनाएको छ ।

navjiwan hospital

प्रहरीले सोही खुद्रा पसलमा लागू औषध सेवन गरिरहेका २१ केशब नेपालीलाई समेत पक्राउ गरेको जनाएको छ ।

attariya hospital

दुवै जनालाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट ओलानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।