खाेज्नुहाेस

इनिशाको न्यायका लागि अत्तरिया चोकमा खबरदारी गर्दै दीप प्रज्वलन 

Image
अत्तरिया – कैलालीको अत्तरिया चोकमा इनिशा विकका लागि न्यायको माग गर्दै खबरदारी तथा दीप प्रज्वलन गरिएको छ । शुक्रवार स्वस्फुर्त रूपमा अत्तरिया चोकमा भेला भएका युवाहरूले इनिशाको लागि न्यायको माग गर्दै दीप प्रज्वलन गर्दै खबरदारी गरेका हुन ।
attariya hospital
कार्यक्रममा सहभागी शिव विकले राज्यको कानुन पर्याप्त नभएको बताउँदै जघन्य अपराधका घटनामा कडा भन्दा कडा सजाय हुने कानुन बनाउन माग गरे ।
उनले इनिशा घटनामा उमेर कम भएको वा उमेर कम देखाएर उन्मुक्ति दिइने हो की भन्ने आशङ्का उब्जिएको बताउँदै बलात्कार जस्तो जघन्य अपराध गर्नेलाई उमेर कम भनेर उन्मुक्ति दिन नहुने बताए ।
उनले इनिशाको घटनाका बारेमा सञ्चार माध्यम पनि जति बोल्नुपर्ने हो त्यति नबोलेको महसुस गरेको गुनासो गर्दै यसका लागि आफूहरु खबरदारीमा उत्रिएको बताए ।

उनले कानुनको कमजोर धारा लगाएर उन्मुक्ति दिन खोजिने हो की भन्ने आशङ्का उत्पन्न भएको बताए । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– १ की १६ वर्षीय इनिशा विकको बलात्कार पछि हत्या भएको थियो ।
navjiwan hospital
फागुन २३ गते वीरेन्द्रनगर– ४, स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी इनिशालाई सोही दिन कर्णाली प्रदेश अस्पतालले मृत घोषणा गरेको थियो ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले घटनास्थलबाट एक १६ वर्षीय बालक र त्यसपछि थप तीन बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छ ।
घटनापछि सुरुमा पक्राउ परेका बालकले मात्रै इनिशासँग शारीरिक सम्बन्ध राख्दा  रक्त श्राप भएको र उनी बेहोस भएपछि अन्य तीन जना साथीलाई बोलाएको बयान दिएको समाचार माध्यममा समाचार आउन थालेपछि इनिशाका आफन्त झन् घटना तोडमोड गर्न लागिएको भन्दै सशङ्कित भएका छन् । घटनाको विषयमा राज्य पक्षबाट भने आधिकारिक तथ्य सार्वजनिक गरिएको छैन ।
पीडित परिवारले भने चारै जनाको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कानुनबमोजिम कारबाहीको माग गरेर शव बुझ्न मानेका छैनन् । पीडित परिवारले फागुन २५ गते पक्राउ परेका चारै जनाविरुद्ध कर्तव्य ज्यान र जबरजस्ती करणीसम्बन्धी किटानी जाहेरी दर्ता गराएका छन् ।
घटना भएको ६ दिनसम्म पनि वास्तविक तथ्य बाहिर नल्याएको भन्दै परिवारले इनिशाको शव बुझ्न मानेका छैनन् । सामूहिक बलात्कारपछि हत्या भएको घटनामा मृत्युको कारण रक्त श्राप देखाएर दोषीलाई उम्काउन खोजिएको उनीहरूको आरोप छ । घटना भएको लामो समयसम्म पनि प्रहरीले विश्वस्त हुने आधार नदिएको भन्दै पीडित परिवारले आन्दोलनसमेत थालेका छन् ।
इनिशाको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै नागरिक समाज र अधिकारकर्मीले न्यायको आवाज  उठाउँदै देशभर खबरदारी कार्यक्रम गरिरहेका छन् ।