अत्तरिया– कैलालीको अत्तरियामा रहेको सत्यवती एकेडेमीले तेस्रो चरणको वार्षिकोत्सव सम्पन्न गरेको छ । विद्यालयले एक औपचारीक कार्यक्रमका बिच शुक्रबार तेस्रो चरणको वार्षिकोत्सव सम्पन्न गरेको हो ।
विद्यालयले पहिलो चरणमा कक्षा ८ देखी १२ सम्मका विद्यार्थीहरुको सहभागितामा वार्षिकोत्सव कार्यक्रम गरेको थियो भने कक्षा ५ देखी ७ सम्मका विद्यार्थीहरुलाई सहभागि गराएर दोस्रो चरणको वार्षिकोत्सव आयोजना गरेको थियो । त्यस्तै विद्यालयले शुक्रबार कक्षा नर्सरी देखी कक्षा १ सम्मका बालबालिकाहरुलाई सहभागी गराई कार्यक्रम आयोजना गरेको हो ।


कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक विर बहादुर कडायतले सत्यवतीले बालबालिकाहरुलाई संस्कार सिकाईरहेको बताए । उनले शिक्षा मात्रै सबैथोक नभएको बताउदै शिक्षा भन्दा महत्वपुर्ण कुरा संस्कार भएको बताए । ‘शिक्षित त आतंककारीहरु पनि हुन्छन्, तर उनिहरुमा संस्कारको कमी हुन्छ’ उनले भने ‘त्यसैले बालबालिकाहरुमा संस्कार हुनु महत्वपुर्ण कुरा हो, शिक्षाले मात्रै सबै कुरा हुन्छ भन्ने हुदैन ।’ उनले बालबालिकाहरुको शिक्षालाई मध्यनजर गर्दै विद्यालयले तीन कुरामा विशेष ध्यान दिएको बताए । उनका अनुसार सत्यवतीले मुख्य गरी सुरक्षा, स्वास्थ्य, संस्कार तथा शिक्षामा विशेष ध्यान दिएको छ ।
उनले विद्यार्थीहरुको सुरक्षा र स्वास्थ्य विद्यालयको पहिलो प्राथमिकता भएको बताए ।
उनले विद्यालयका हरेक क्रियाकलापहरुमा विद्यार्थीहरुलाई सुरक्षित र स्वस्थ वातावरण कसरी उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा विद्यालय अग्रसर रहेको बताए । त्यस्तै उनले त्यसपछि विद्यालयले संस्कारलाई बढी महत्व दिएको बताए । उनले पछिल्लो समय संस्कारहिन हुदै गएको समाजमा सभ्य र संस्कारी बालबालिकाहरु सृजना गर्ने विद्यालयको उद्देश्य रहेको बताए । उनले संस्कार भएमात्रै विद्यार्थी शिक्षित भएको अर्थ रहने बताउदै बालबालिकाको संस्कारलाई विद्यालयले प्राथमिकता दिएको बताए । उनले विद्यार्थीको सुरक्षा र स्वास्थ्य तथा संस्कार पछि मात्रै शिक्षाको औचित्य हुने औल्याए । उनले विद्यार्थीहरुमा संस्कारको भावना जागृत गराउनका लागि अभिभावकहरुले पनि भुमिका खेल्नुपर्ने बताए । त्यतिमात्रै नभई उनले आफ्नो संस्कार र संस्कृति अनुसारको एक जोडा पहिरन आफ्नो लागि र एक जोडा बालबालिकाहरुका लागि खरिद गरेर राख्न पनि अनुरोध गरे ।
कार्यक्रममा विद्यार्थीहरुका विभिन्न प्रस्तुतीहरु राखिएको थियो । जसमा विद्यार्थीहरुले स्वागत गानका साथै भक्ति गित, ड्रिल लगायतका अन्य नृत्यहरु राखेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न क्षेत्रमा हासिल गरेका उपलब्धी स्वरुप मेडल तथा प्रमाणपत्रहरु वितरण गरिएको थियो ।
सत्यवती एकेडेमीले चरणवद्ध रुपमा विद्यालयको वार्षिकोत्सव आयोजना गरिरहेको छ । दुई चरणका वार्षिकोत्सव सम्पन्न गरिसकेको विद्यालयले शुक्रबार तेस्रो चरणको वार्षिकोत्सव सम्पन्न गरेको हो । शनिबार कक्षा २ देखी ४ सम्मका बालबालिकाहरुलाई सहभागि गराएर चौथो चरणको वार्षिकोत्सव आयोजना गर्ने विद्यालयले जनाएको छ ।



















