खाेज्नुहाेस

अत्तरियामा बजाज पल्सर १५० मोटरसाईकलको नयाँ संस्करण सार्वजनिक

Image

अत्तरिया– बजाजको पल्सर १५० मोटरसाईकलको नयाँ संस्करण सार्वजनिक गरिएको छ । अत्तरियामा रहेको बजाज मोटरसाईकलको आधिकारीक विक्रेता रुद्र अटोमोटिभ्सले सोमबार सो मोटरसाईकलको नयाँ संस्करण बजारमा सार्वजनिक गरेको हो ।

navjiwan hospital

आधुनिक डिजाइन, उन्नत प्रविधि र उत्कृष्ट कार्यक्षमतासहित आएको नयाँ पल्सर १५० ले नेपाली मोटरसाइकल बजारमा नयाँ उत्साह थप्ने विश्वास कम्पनीले व्यक्त गरेको छ । नयाँ संस्करणको पल्सर १५० मा आकर्षक नयाँ ग्राफिक्स, शक्तिशाली एफआई बिएस ६ इन्जिन, सिङ्गल च्यानल एबिएस, एलइडी हेडल्याम्प, डिजिटल मिटर, कल एलर्ट र मेसेज एलर्ट तथा ब्लुटुथ सपोर्ट लगायतका आधुनिक फिचरहरू समावेश गरिएको छ । यी विशेषताले मोटरसाइकललाई अझ सुरक्षित, स्मार्ट र प्रयोगमैत्री बनाएको कम्पनीको भनाइ छ । यो मोटरसाइकलमा प्रयोग गरिएको इन्धन इन्जेक्सन एफआई प्रविधिले राम्रो माइलेज र सहज प्रदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ ।

attariya hospital

त्यसैगरी एबिएस प्रणालीले ब्रेकिङलाई अझ सुरक्षित बनाउनेछ भने डिजिटल कन्सोलले राइडिङ अनुभवलाई आधुनिक बनाउने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार नयाँ मोटरसाइकलको प्रारम्भिक मूल्य ३ लाख ५५ हजार ९०० रूपैयाँ तोकिएको छ ।
शून्य सर्भिस चार्ज र सरल किस्ताबन्दीमा बाइक लिन चाहने ग्राहकले पनि अन–द–स्पट फाइनान्स गरेर सजिलै मोटरसाइकल प्राप्त गर्न सक्ने बताईएको छ ।