खाेज्नुहाेस

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

Image
सांकेतिक फोटो
navjiwan hospital

डडेल्धुरा – डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अजयमेरु गाउँपालिका–२ बसना स्थित चमडा–डडेल्धुरा पक्की सडक खण्डमा चमडाबाट डडेल्धुरा तर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका २० वर्षीय सन्दिप चौधरीको मृत्यु भएको हो ।

सुपप्र०१–००२ त ७४२८ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
घाइते हुनेमा कृष्णपुर–२ बाणीका २० वर्षीय जोन चौधरी, २० वर्षीय पुरन चौधरी र २३ वर्षीय उमेश राना रहेका छन ।

attariya hospital