खाेज्नुहाेस

अछाममा कारागारको गेटमा लागू औषध बरामद 

Image
अछाम – अछामका कारागारको मूल गेटबाट लागू औषध सहित एक जना पक्राउ परेका छन् । मंगलसेन नगरपालिका – ५ मंगलसेन स्थित कारागार सुरक्षा गार्ड अछामको मूल गेटबाट १ ग्राम ४२ मिलिग्राम लागू औषध खैरो हेरोइन सहित सोही नगरपालिका ३ का२८ वर्षीय मोहन बोगटी पक्राउ परेका हुन ।
navjiwan hospital
attariya hospital
बुधवार कारागार सुरक्षा गार्ड अछामबाट खटिएको प्रहरी टोलीले शङ्का लागि चेकजाँच गर्दा कैदी बन्दीलाई दिनका लागि प्लास्टिक भित्र मुसुरो दालसँग लुकाई राखेको अवस्थामा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।