डडेल्धुरा – डडेल्धुरामा महिला मृत भेटिएको घटनामा एक जना प्रहरी पक्राउ परेका छन् ।
जिल्लाको अमरगढी नगरपालिका–४ बस्ने भागेश्वर गाउँपालिकाकी सरिता गिरी मृत भेटिएको घटनामा प्रहरीका चालक यज्ञ साउदलाई पक्राउ गरिएकाे प्रहरीले जनाएको छ ।


साउद जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए । मृत्युअघि गिरीले सामाजिक सञ्जालमा ती प्रहरीसँगकाे सम्बन्ध खुल्नेगरि कुराहरू उल्लेख गरेकी छन्।
साेही आधारमा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतकका श्रीमान् लामाे समयदेखि वैदेशिक रोजगारीमा रहेको खुलेकाे छ । मृतक महिला र पक्राउ परेका साउदबीच अनैतिक सम्बन्ध रहेकाे प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीकाे भनाइ छ ।
















