डडेल्धुरा – डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । परशुराम नगरपालिका–९ कुयापानीमा जोगबुढा–दैजी सडकखण्ड अन्तर्गत शनिबार साँझ जोगबुढाबाट गाईबाधेतर्फ जाँदै गरेको से २ त १४७४ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको म १ प ९९७३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परशुराम नगरपालिका–१२ पन्तुराका २७ वर्षीय नबिन साउद र मोटरसाइकलको पछाडि सवार परशुराम नगरपालिका–१२ जोगबुढा बस्ने ३५ वर्षीय मान जाग्री गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते दुवै जनालाई जोगबुढा अस्पतालको एम्बुलेन्समार्फत तत्काल उपचारका लागि पु¥याइएको भएपनि चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि ट्र्याक्टर चालक डडेल्धुरा सतघाट घर भई हाल परशुराम नगरपालिका बस्दै आएका ३२ वर्षीय सुरेश भट्ट फरार रहेका छन् । फरार चालकको खोजी कार्य तीव्र रूपमा भइरहेको डडेल्धुरा प्रहरीले जनाएको छ ।













