खाेज्नुहाेस

गोदावरी सामुदायिक बन उपभोक्ता समुहको अध्यक्षमा निर्मल कुमार मगर निर्वाचित

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ४ मा रहेको गोदावरी सामुदायिक बन उपभोक्ता समुहको अध्यक्षमा निर्मल कुमार मगर निर्वाचित भएका छन । शुक्रबार सम्पन्न समुहको १६औ वार्षिक साधारण सभामा भएको निर्वाचनमा मगर अध्यक्षमा निर्वाचित भएका हुन ।

navjiwan hospital

सभामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन हुन नसकेपछि निर्वाचन भएको थियो । निर्वाचनमा बल बहादुर ओली र निर्मल कुमार मगर अध्यक्षका उम्मेदवार बनेका थिए । निर्वाचनबाट मगरको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । जसमा उपाध्यक्षमा ओम प्रकाश बिष्ट निर्वाचित भएका छन भने सचिवमा खगेश्वरी भट्टराई, कोषाध्यक्षमा बिष्णु बहादुर बोहरा र सहसचिवमा मान बहादुर बोहरा निर्वाचित भएका छन ।

attariya hospital

त्यसैगरी सदस्यहरुमा जिवन थापा, सुरज कुमार थापा, सानुमाया तामाङ्ग, ईश्वरा नेपाली, कुमारी शान्ती बोहरा र सुनकोषा देवी सिँह निर्वाचित भएका छन ।
निर्वाचित सम्पुर्ण पदाधिकारीहरुले शनिबार एक कार्यक्रमका बिच सपथ ग्रहण गरेका छन । निर्वाचित नयाँ कार्यसमितिलाई निर्वाचन समितिका संयोजक हिक्मत सिँ चौधरीले सपथ ग्रहण गराएका थिए ।