डडेल्धुरा – डडेल्धुरा स्थित महाकाली नदीमा डुबेर एक वृद्धको मृत्यु भएको छ।


शुक्रवार परशुराम नगरपालिका–५ परिगाँउ स्थित महाकाली नदीमा मलामी गएका परशुराम नगरपालिका–९ बस्ने ६० वर्षीय इन्द्रबहादुर बोहराको मृत्यु भएको हो ।
महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका उनको खोजतलास गर्ने क्रममा परशुराम नगरपालिका–६ कुडा स्थित महाकाली नदी किनारमा पानीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
















