
कञ्चनपुर– कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत पदमराज जोशी सहित ४ जना विरुद्ध भ्रष्ट्राचार मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशीसहित ४ जनाविरुद्ध गलत लिखत तयार गरी भ्रष्टाचार गरेको भन्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
जोशीसहित पालिकाका सब–इन्जिनियर जय कुँवर, असिस्टेन्ट सब–इन्जिनियर तेजबहादुर सुनार र जग्गाधनी शान्ति नाथलाई प्रतिवादी बनाइएको छ । बेलडाँडी गाउँपालिकाका–२ बस्ने शान्ति नाथले बेलडाँडी गाउँपालिका – २ स्थित कित्ता नम्बर ३५७ क्षेत्रफल ४ सय वर्गमिटर जग्गामा हुँदै नभएको घर छ भनी नक्सा तयार गराएर घर जग्गा धितोमा राखी लक्ष्मी सनराइज बैंकबाट ऋण लिएको अभियोगपत्रमा उल्लेख छ ।














