खाेज्नुहाेस

एसएसबीले कुटपिट गरेको भन्दै गौरीफन्टा नाकामा तनाव

Image

धनगढी – कैलालीमा रहेको नेपाल–भारत सीमा नाका त्रिनगर–गौरीफन्टा नाका बिहिबार बिहान केहिबेर तनाग्रस्त बनेको थियो । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले हातपात गरेको भन्दै स्थानीय विरोधमा उत्रिएपछि सीमानाका तनाबग्रस्त बनेको थियो ।

navjiwan hospital

एसएसबीले नेपालीमाथि कुटपिट भएको भन्दै बिहान थुप्रै नेपालीहरु नाकामा जम्मा भएका थिए । यता सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म त्रिनगरले पनि नेपालीहरुले आफूहरुमाथि कुटपिट भएको गुनासो आएपनि कुटिएका व्यक्ति भने सम्पर्कमा नआएको जनाएको छ ।

attariya hospital

स्थानीय बासिन्दाले भने एक महिला र एक युवकमाथि कुटपिट भएको बताएका छन् । यता कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आवागमनमा कडाइ भएपछि सामान्य विवाद भएको बताए । उनले गुनासो गर्ने नेपालीहरु, सशस्त्र प्रहरी र एसएसबीबीच छलफल भएर समस्या समाधान भइसकेको बताए ।

नेपालमा जेन–जी आन्दोलनपछि भारतीय अधिकारीले भारत प्रवेश गर्ने नेपालीमाथि चेकजाँचमा कडाइ गर्दै आएका छन् । नेपालीहरुसंग सक्कली परिचयपत्र भएपछि मात्रै भारत प्रवेश गर्ने अनुमति पाउने गरेका छन् ।