खाेज्नुहाेस

डडेल्धुराबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

Image

दाङ – दाङको लमहीमा यात्रुबाहक बस दुर्घटना भएको छ । डडेल्धुराबाट काठमाडौं जाँदै गरेको गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहीबार बिहान दाङको लमही नगरपालिका- १ कौडियापुलस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो ।

दुर्घटनामा २२ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले उद्धार गरी लमही अस्पताल पठाएको छ ।

attariya hospital
navjiwan hospital

घाइतेहरूको अहिले लमही अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशन राज पाण्डेयले जानकारी दिए । बसमा ३८ जना सवार थिए ।

पट्टा भाँचिएर बस दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

घाइते विवरण