धनगढी – लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न भएको छ । बुधबार नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म आयोजना गरिएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न भएको हो ।
दिवसका अवसरमा यस वर्ष पनि सरकार, संघ सस्थाहरुले विविध कार्यक्रम आयोजना गरेका थिए ।


सशक्त महिला, समृद्ध नेपाल संस्था, गैर सरकारी संस्था महासंघ नेपाल, लैङ्गिक हिंसा विरुद्ध संयुक्त राष्ट्र संघको अभियान (युनाइट), युरोपियन युनियन र सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले दिवसको समापनको अवसरमा समिक्षा कार्यक्रम गरेका छन ।
यस वर्ष विश्व व्यापी रुपमा यसवर्ष ‘सबै महिला तथा किशोरीमाथि हुने डिजिटल (अनलाइन) हिंसा अन्त्य गरौँ’ भन्ने साझा अभियान तय गरिएको थियो । नेपालमा भने “प्रविधिको सहि प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ“ भन्ने नारा तय गरिएको थियो ।
यसैबिच लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तिम दिन बुधबार बैतडीको सुर्नया गाउँपालिकामा जनचेतनामूलक नाटक प्रदर्शन गरिएको थियो ।

















