अत्तरिया – कञ्चनपुर र डडेल्धुराबाट ४ फरार प्रतिवादी पक्राउ परेका छन । मंगलबार कञ्चनपुरबाट बैंकिङ कसूर र चोरी मुद्दामा फरार कञ्चनपुरका ३ जना र डडेल्धुराबाट वन्यजन्तु सम्बन्धि मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन ।

कञ्चनपुरबाट पक्राउ पर्नेमा चोरी मुद्दामा १ महिना १० दिन कैद सजाय तोकिएका दोधारा चाँदनी नगरपालिका–२ सिर्जना टोल बस्ने ३९ वर्षीय गोर्खे दमाई, ३६ वर्षकी जानकी दमाई र बैंकिङ कसूर मुद्दामा १५ दिन कैद सजाय र ७ लाख २५ हजार जरिवाना तोकिएको पुनर्वास नगरपालिका–२ अमरैया बस्ने ३६ वर्षीय गोपाल राना रहेका छन ।

यस्तै बिना इजाजत वन्यजन्तु सम्बन्धि मुद्दामा फरार डडेल्धुराको अमरगढी नगरपालिका – १ तडिपाटा बस्ने ५० वर्षीय डम्बर ऐर पक्राउ परेका छन । उनलाई जिल्ला अदालत डडेल्धुराको फैसलाले बिना इजाजत वन्यजन्तु सम्बन्धि मुद्दामा ६ दिन कैद सजाय र ५ हजार जरिवाना तोकेको थियो ।














