खाेज्नुहाेस

कञ्चनपुरमा पुरुषको शव फेला

Image

कञ्चनपुर – कञ्चनपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । मंगलबार बिहान बेदकोट नगरपालिका – २ दैजीस्थित शंकर इँटा भट्टा नजिक सडकको कल्भर्ट भित्र बेवारिसे अवस्थामा पुरुषको शव फेला परेको हो ।

navjiwan hospital

पूर्व–पश्चिम राजमार्ग जाने सडकको कल्भर्ट भित्र सडेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

attariya hospital

सडक छेउमा गन्ध आएपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले बेवारिसे अवस्थामा फेला पारेको हो ।