खाेज्नुहाेस

उग्रतारामा आज ‘देहिजाँत’, मेलौलीमा पनि मेला लाग्दै

Image

धनगढी – सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज ‘देहिजाँत’ हुँदै छ । उग्रतारामा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात रतेडी लागेपछि दोस्रो दिन देहिजाँत लाग्छ । उग्रतारा मन्दिरका पुजारी पण्डित लोकराज भटट्ले छचोडा, खनमडा, दुमडा र जिलोडा गरी चार वटा गाउँमा उग्रतारा भगवती माताको भ्राण (देउरो भण्डार) छ । ती चारवटै गाउँबाट रतेडी मेलामा १९ गते बिहान ४ बजेको समयमा देउरो पुगेपछि दिउसेडी मेला सुरु हुने छ ।

बिहानको पूजाआजापछि दिउँसो भगवती माताको गाँज मन्दिरलगायत सयौँ एकडमा फैलिएको मैदानको विशेष चार स्थानमा बाजागाजाका साथ घुमाइन्छ । बिहान चारवटै गाउँको भ्राणबाट ल्याइएको माता भगवतीको देउरो बेलुका पुनः चारवटै गाउँको भ्राणमा लगेर राखेपछि मेला सम्पन्न हुन्छ ।

attariya hospital

आजै बैतडीको प्रशिद्ध मेलौली भगवती मन्दिरमा पनि मेला लाग्दै छ । मेलौलीमा सोमबार साँझ नै टाढाटाढाबाट भक्तजन पुग्ने गरेका छन । आजको दिन मन्दिरमा बली समेत चढाइने गरिन्छ ।

navjiwan hospital

मेलौली भगवतीको जात्रालाई शान्तिपूर्ण र भव्य रुपमा सम्पन्न गर्नका लागि मेलौली धार्मिक सेवा समितिले आग्रह गरेको छ । समितिका अध्यक्ष जगदीशसिंह नायकले राँगाको बलि चढाउँदा आवश्यक सुरक्षाको प्रबन्ध, सरसफाइ लगायतका कुरामा बलि चढाउने व्यक्तिले ध्यान दिन आग्रह गरेको बताए ।

यस्तै मन्दिर परिसरभित्र मदिराको कारोबार र सेवन पूर्ण रुपमा निषेध गरिएको गरिएको छ । मेलामा जुवातास लगायतका क्रियाकलापहरु पूर्ण रुपमा निषेध गरिएको छ । मेलौली भगवती मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन ठूलो जात्रा लाग्ने गर्दछ । यो जात्रामा हजारौं दर्शनार्थीहरुको सहभागिता रहने गर्दछ ।

मेलामा सहिद लछी राजपुत स्मृति प्रतिष्ठान नेपाल र भारत शाखाले संयुक्त रुपमा प्राथमिक उपचार तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविर तीन दिनसम्म चल्ने जानकारी दिइएको छ । शिविरिमा जात्रामा सहभागी सबै दर्शनार्थी र भक्तजनहरुलाई स्वास्थ्य सेवा प्रदान गरिने प्रतिष्ठानका अगुवा अर्जुन दयालले जानकारी दिए ।

शिविरमा १५ सदस्यीय स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । प्रतिष्ठानले गत वर्षदेखि शिविर सञ्चालन गर्न थालेको हो । गत वर्ष चार सय जनालाई सेवा दिइएको अगुवा दयालले बताए ।