खाेज्नुहाेस

नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपिएल) : सुदूरपश्चिमको विजयी सुरुवात

Image

अत्तरिया– काठमाण्डौमा सञ्चालित नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपिएल) क्रिकेट प्रतियोगितामा खप्तड सुदूरपश्चिम थन्डरले विजयी सुरुवात गरेको छ । टि–१० फम्र्याटमा सञ्चालन भैरहेको सो प्रतियोगितामा मंगलबार आफ्नो पहिलो खेल खेलेको खप्तड सुदूरपश्चिम थन्डरले विजयी सुरुवात गरेको हो ।

navjiwan hospital

पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनि राइडर्सलाई ६ विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिङ रोजेको लुम्बिनिले निर्धारित १० ओभरमा ९ विकेट गुमाउदै ६१ रन बनायो । लुम्बिनिका लागि दिप नारायणले सर्वाधिक २५ रनको योगदान दिए ।

attariya hospital

६२ रनको लक्ष्य सहित मैदानमा उत्रिएको खप्तड सुदूरपश्चिम थन्डरले ७.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । सुदूरपश्चिमका लागि कृष्ण बिष्टले २६ तथा केशवचन्द्र डिसीले १६ रनको योगदान दिए । खेलमा उत्कृष्ट अलराउन्ड प्रर्दशन गरेका खप्तड सुदूरपश्चिम थन्डरका खेलाडी दिपकराज जोशी म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिताका लागि देशभरका ७ वटा प्रदेशहरुबाट ७ वटा टिमको सहभागिता रहेको छ । लिग चरण सिंगल राउन्ड रोबिन प्रणालीमा सम्पन्न हुने प्रतियोगितामा शीर्ष ४ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेता टिमले २१ लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ११ लाख रुपैयाँ प्राप्त गर्नेछ ।