अत्तरिया – जिल्ला प्रहरी कार्यालय कैलालीले इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षकअ(डीएसपी) रणबहादुर चन्द समेतका ८ जना प्रहरीलाई पुरस्कृत गरेको छ ।

अत्तरियामा डडेल्धुराका गौरव ऐरमाथि भएको हतियार प्रहारको घटनामा सक्रियता देखाएर आरोपीतहरू भारततर्फ भागिसकेको अवस्थामा पक्राउ गरेर ल्याएपछि उनीहरुलाई सम्मानित गरिएको हो ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले रेकर्डमा जानेगरी नगदसहित उनीहरूलाई पुरस्कृत गरिएको बताए ।
इप्रका मालाखेती र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले गौरव ऐरमाथि धारिलो हतियार प्रहार गर्ने धनगढीमा गोब्रा सरकारका नाममा गुण्डागर्दी गर्ने भनिएका सन्नी भनिने भीम नेपाली सहितका १२ जनालाई भारततर्फ भागेको अवस्थामा पक्राउ गरेको थियो । भारतीय सीमावर्ती बजारबाटै पक्राउ परेका उनीहरूविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















