खाेज्नुहाेस

अत्तरियामा युवकमाथि चक्कु प्रहार गर्ने गिरोहका १० जना पक्राउ

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका– ४ मा एक युवकमाथि धारिलो हतियार प्रहार गर्ने गिरोहका १० जना पक्राउ परेका छन् । सोही वडाको गोदावरीमा रहेको शुभम् होटलमा नास्ता खाइरहेका डडेल्धुराको नवदुर्गा गाउँपालिका– २ का ३२ वर्षीय गौरव ऐर माथी धारिलो हतियार प्रहार गर्ने गिरोहका १० जनालाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले भारततर्फ भागिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका–२ का सन्नी नेपाली सहितका १० जनालाई गए राती पक्राउ गरेको छ ।

attariya hospital

उनीहरू सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

भारततर्फ भाग्दै गरेका उनीहरूलाई सीमा नाका नजिकैबाट पक्राउ गरिएको थियो ।  घटनामा पक्राउ परेका नेपालीको ग्याङ कोब्रा सरकारका नामले परिचित छ । त्यसको नेतृत्व सन्नी नेपालीले गर्दै आएको प्रहरीले जनाएको छ ।

ऐर माथी राती करिब ११ बजेतिर होटलमा बसेर नास्ता खान खाइरहेको बेला बाहिरबाट आएको एक गिरोहले  आक्रमण गरेको थियो । गम्भीर घाइते ऐरलाई उपचारका लागि धनगढीस्थित निसर्ग हस्पिटलमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि भारत रिफर गरिएको छ ।