खाेज्नुहाेस

कञ्चनपुरबाट २९ लाखको पटाका बरामद

Image

धनगढी – कञ्चनपुरको महेन्द्रनगरबाट करिब २९ लाख मूल्यको पटाका बरामद भएको छ । कञ्चनपुर जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिवार साँझ ६ बजे २८ लाख ९८ हजार ६५० रुपैयाँ बराबरको विष्फोट पदार्थ पटाका बरामद गरेको हो ।

navjiwan hospital

भीमदत्त नगरपालिका – ३ का ४९ वर्षीय खडक पालको घरबाट पटाका बरामद भएको प्रहरीले जनाएको छ । विषेश सूचनाको आधारमा पालको घरमा खानतलासी गर्दा पटाका बरामद भएको हो ।

add everest academy
attariya hospital

पटाका बरामद गरी उक्त विषयमा थप अनुसन्धान भइरहेको सुदूरपश्चिम प्रहरी कार्यालय धनगढीले जनाएको छ ।