खाेज्नुहाेस

बाह्रवन साझेदारी वनको आठौँ साधारण सभा सम्पन्न, १२ करोडको बजेट प्रस्तुत

Image

अत्तरिया – कैलालीको बाह्रवन साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारण सभा सम्पन्न भएको छ । शनिवार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा बोल्दै उनले दिगो वन कार्यविधि पास गर्नको लागि छलफल अगाडी बताएको बताए । उनले छठ पनि छलफल गरेर चुनाव अघि नै प्रदेश सभाबाट पास गर्ने योजना रहेको बताए । ‘दिगो वन कार्यविधि पास गर्नको लागि भदौ अन्तिम साता छलफल कार्यक्रम राखिएको भए पनि त्यो जेन जी आन्दोलनका कारण हुन सकेन । अव हामीले छठ पछि छलफल राखेका छौ’ उनले भने ‘सम्भव भएसम्म हामीले चुनाव अघि नै यो कार्यविधि प्रदेश सभाबाट पास गराएर लागू गर्ने योजना बनाएका छौ ।’

attariya hospital

उनले वन जोगाउन सरकारले समुदायलाई जिम्मेवारी दिएकाले समुदायबाट नै वनमा हुने क्षति जोगाउन सहज हुनुपर्ने बताए । उनले वनमा रुख सुकाउने प्रवृत्ति रहेकाले यसको नियन्त्रणका लागि उपभोक्ता समिति, साझेदारी वन समितिले सजक हुनुपर्ने बताए ।

navjiwan hospital

उनले साझेदारी वनमा उपभोक्ता र सामुदायिक वनका उपभोक्ता एउटै भएकाले त्यसलाई छुटाउनु पर्ने बताए । उनले सामुदायिक वनका उपभोक्तालाई साझेदारी वनको उपभोक्ता राख्न नहुने, राखिहाले वर्गीकरण गर्नुपर्ने बताए ।

साधारण सभामा आर्थिक वर्ष २०८१/०८२ मा २ करोड ४१ लाख ५० हजार २४२ खर्च भएको र आगामी आर्थिक वर्षका लागि १२ करोड ८३ लाख ३६ हजार ३०२ रुपैयाँको अनुमानित बजेट पेस गरिएको थियो ।

जसमा वन व्यवस्थापन तर्फ ८ करोड १६ लाख २१ हजार ३०२, सामाजिक विकास तर्फ २ करोड २५ लाख ५० हजार, गरिबी न्यूनीकरण (जीविकोपार्जन) को लागि १ करोड २९ लाख, तालिम अध्ययन अवलोकनमा १७ लाख र प्रशासनिक खर्च ९५ लाख ५५ हजार छुट्टाइएको छ ।