धनगढी – धनगढी उपमहानगरपालिकाले १५० जना एकल महिलाहरूलाई मुक्तिनाथ दर्शनका लागि पठाएको छ।

उपमहानगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत शुक्रवार धनगढीका १५० जना एकल महिला मुक्तिनाथ दर्शनका लागि पठाएको हो । उनीहरूलाई नगर प्रमुख गोपाल हमाल लगायत जनप्रतिनिधि र कर्मचारीले बिदाइ गरेका थिए ।

धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷८० देखि हरेक वर्ष जेष्ठ नागरिकहरूलाई मुक्तिनाथ यात्रामा पठाउन थालेको हो। यो वर्ष भने उपमहानगर क्षेत्रभित्र स्थायी बसोबास भएका एकल महिलाहरूलाई मुक्तिनाथ दर्शन गर्न पठाइएको हो।

















