अत्तरिया– कैलालीको गोदावरी – ४ बास्कोटामा जारी जेवाईसी कप लोटस आई प्रिमियर लिग क्रिकेट प्रतियोगितामा सिवाईसी अत्तरियाले विजयी सुरुवात गरेको छ । बुधबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा ह्वाईट बल क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै सिवाईसीले विजयी सुरुवात गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको ह्वाईट बल क्रिकेट क्लबले ९.५ ओभरमा सबै विकेट गुमाएर ६० रन मात्रै बनाउन सक्यो । जसमा प्रोहित बडुले २० रनको योगदान दिएका थिए भने राजेश भट्टले १२ र प्रिसियस मल्ले १० रनको योगदान दिए । ह्वाईट बल क्रिकेट क्लबका ४ जना खेलाडीहरु शुन्यमा आउट भएका थिए । बलिङमा सिवाईसीका भोज भट्टराईले ४ तथा अभिषेक कोइराला र गौरभ जोशीले २/२ विकेट लिए ।

६१ रनको सामान्य लक्ष्य सहित मैदान उत्रिएको सिवाइसी अत्तरियाले ६.१ ओभरमा ३ विकेट गुमाएर ६३ रन प्रहार गर्दै जित हासिल ग¥यो । सिवाईसीका लागि ओपनर खगेन्द्र जोशीले आक्रमक पारी खेले । रन आउट हुनु अघि उनले १६ बलमा ३८ रन प्रहार गरे । यस्तै राज बि.क ले १० र कैलाश भट्टराईले ९ रन बनाए । बलिङमा ह्वाईट बल क्रिकेट क्लबका नविन जोशी र प्रकाश भट्टले १/१ विकेट लिए ।
प्रतियोगिता अन्र्तगत बिहिबार ३ वटा खेलहरु खेलाईने प्रतियोगिता संयोजक खेमराज जोशीले जानकारी दिए ।


















