खाेज्नुहाेस

गोदावरी– ४ बास्कोटामा जेवाइसी कप लोटस आई प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ४ मा जेवाइसी कप लोटस आई प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ । सो वडामा रहेको ज्वाला देवी युवा क्लब (जेवाइसी) आयोजनामा बुधबारबाट प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको एक कार्यक्रमका बिच वडाध्यक्ष हेम प्रकाश मल्लले उद्घाटन गरे । कार्यक्रममा उनले प्रतियोगिताको सफलताको शुभकामना दिए । उनले खेलकुदका गतिविधिले युवाहरुलाई लागू औषध कुलतमा लाग्नबाट जोगाउने बताए । ‘खेल भनेको अनुसान हुने नैतिकवान हुने माध्यम हो’ उनले भने ‘अहिले साना नानिबाबु पनि कुलतमा फसिरहेको अवस्थामा यस्ता खेलकुदका गतिविधिले धेरै हदसम्म यसको न्यूनिकरण गर्ने छ ।’

attariya hospital
navjiwan hospital

प्रतियोगितामा गोदावरी नगरक्षेत्रका ८ वटा टिमहरुको सहभागिता रहेको छ । यही असोज २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको प्रथम पुरस्कार नगद रु. ४० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र तथा द्धितिय पुरस्कार नगद रु. २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । लिग कम नकआउट चरणमा खेलाईने प्रतियोगितालाई विभिन्न क्षेत्रबाट स्पोन्सरका रुपमा सहयोग प्राप्त भएको क्लबका अध्यक्ष महेश भट्टले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितालाई टाइटल स्पोन्सर गरी अत्तरियाको लोटस आई माविले सहयोग गरेको छ भने धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले जर्सी सहयोग गरेको छ । यस्तै बास्कोटा सामुदायिक बन उपभोक्ता समुह र सिवाइसी एकेडेमीले प्रतियोगितालाई प्राविधिक सहयोग गरेको उनले बताए । यसैगरी बास्कोटा खानेपानी तथा सरसफाई उपभोक्ता समिति, एएलसी मोबाइल ग्यालरी, स्टार मोबाइल ग्यालरी, सर्वाेत्तम पेन्ट्स अत्तरिया, भुवनेश्वरी हार्डवेयर एण्ड सप्लायर्स तथा भुवनेश्वरी ग्रप, जिएसएम कम्प्लेक्स र अत्तरिया हस्पिटलले प्रतियोगितालाई सहयोग गरेका छन ।

त्यतिमात्रै नभई एपेक्स एकेडेमी, कर्मा अबरोड एजुकेशन कन्सलटेन्सी, जिआर फोटोग्राफी, हाम्रो पुरानो शैलेश्वरी सुनचाँदी पसल, कृषक एग्रीकल्चर्स एण्ड मिल स्टोर्सले पनि सहयोग गरेको अध्यक्ष भट्टले बताए । भट्टका अनुसार प्रतियोगितालाई टेक बहादुर खड्का, चेतराज जोशी र मनोहर बहादुर कुँवरले व्यक्तिगत सहयोग समेत गरेका छन् ।