खाेज्नुहाेस

सुन-चाँदीको मूल्यमा ऐतिहासिक रेकर्ड

Image
file photo

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार ३ हजार ९०० रुपैयाँले बढेर सुनको मूल्यमा ऐतिहासिक कीर्तिमान कायम भएको छ।

navjiwan hospital

आज सुन प्रतितोला २ लाख २१ हजार ७०० मा कारोबार भइरहेको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन सोमबार सुन प्रतितोला २ लाख १७ हजार ८०० मा खरिदबिक्री भएको थियो।

attariya hospital

यसैगरी चाँदीको मूल्यले पनि ऐतिहासिक रेकर्ड बनाएको छ। आज प्रतितोला चाँदी २ हजार ६८० मा किनबेच भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन सोमबार प्रतितोला चाँदी २ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।