बैतडी– अरिंगालको टोकाईबाट घाईते भएका बैतडीका एक जनाको मृत्यु भएको छ । जिल्लाको शिवनाथ गाउँपालिका–५, बिनपत्याका ४० वर्षीय लक्ष्मण दयालको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो ।

आफन्त सुरतकुमार पार्कीका अनुसार मकैको थुप्रो (ट्वा) बनाउनका लागि काठ (लुट्याठ) काट्ने क्रममा गत भदौ २२ गते दयाललाई अरिङ्गालले टोकेको थियो ।


अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका दयाललाई उपचारका लागि भदौ २३ गते सेती प्रादेशिक अस्पताल पु¥याइएको थियो । अस्पतालमा उपचार सम्भव नभएपछि भदौ २७ गते उनलाई घर पु¥याईएकोमा शनिबार उनको घरमै निधन भएको परिवारले जनाएको छ । मृतक दयालको श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।
















