जल्दै गरेका तमासाहरू,अब हेर्न सकिँदैन
मुनाहरू झरी गए,फूल बरु झार्न सकिँदैन।

धुवाँ सङ्गै उडिगए ,पापै पापका बिटाहरू
धर्मै तिम्रो पापै गर्नु,कुण्ड पापी तार्न सकिँदैन ।
एउटै काँडो बिझाउँदा,कति दुख्छ सोधे हुन्छ
मूल फुट्यो रगतको,दुलाहरू पूर्न सकिँदैन ।

खरानी भो सपनाहरू ,चिहान बन्दा मुनाहरू
देखाउ भने घाउहरू,हेर छाती चिर्न सकिँदैन ।
न तिमी रह्यौ ,न तिम्रा रहे,खरानीको रास रह्यो
कसिङ्गर थ्यौ बढारियौ, भो अब फिर्न सकिँदैन।
दशरथ ओझा
गोदावरी ०४,वसन्तपुर


















