डडेल्धुरा – डडेल्धुरा कारागारमा आगजनी र तोडफोड गरि भागेका ८५ जना कैदीबन्दीहरु मध्ये आइतबारसम्म ७८ जना पक्राउ परेका छन् । भदौ २५ गते बिहान आफ्नो सरसामानमा आगो लगाई कारागारको गेट फोडेर भागेका कैदिबन्दीहरु र्लाई नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी विभिन्न ठाउँबाट पक्राउ गरिरहेको छ ।

१२७ जना कैदिबन्दी रहेको कारागारबाट ८५ जना भागेको कारागार प्रशासक सन्तोष भट्टले जानकारी दिए ।

नेपाल प्रहरीले आईतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै बिहान ९ः०० बजेसम्म ७८ जना कैदीबन्दी पक्राउ गरेको जनाएको छ । हाल कारागारमा १२० जना कैदीबन्दी पुगेका छन । फरार रहेका ७ जनाको खोज तलास गरिरहेको प्रहरी जनाएको छ ।
















