खाेज्नुहाेस

मौसम परिवर्तनका कारण बैतडीमा भाइरल ज्वरोका बिरामी बढे

Image

बैतडी– बैतडीमा भाइरल ज्वरोका विरामीहरु बढेका छन । मौसममा परिवर्तन आएसँगै जिल्लाका विभिन्न स्थानमा भाइरल ज्वरो र रुघा खोकीका बिरामीहरु बढेका हुन ।

navjiwan hospital

जिल्ला अस्पताल बैतडीको तथ्यांक हेर्दा यो महिना भाइरल ज्वरोका बिरामी बढेको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । अस्पतालमा दैनिक ४० भन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेका उनले बताए । यसका साथै डेङ्गी र स्क्रबटाइफसको संक्रमण भएका बिरामीहरु समेत आउने गरेको उनले बताए ।

attariya hospital

भाइरल ज्वरोका बिरामीहरुमा ज्वरो बढ्ने, चिसो महसुस हुने, हल्का खोकी लाग्ने, घाँटी दुख्ने, हाँच्छिऊ आउने, नाकबाट पानी आउने, टाउको, शरीर तथा हाडजोर्नी दुख्ने लक्षण रहेका बताइएको छ । मौसममा आएको परिवर्तनका कारण भाइरल ज्वरोको संक्रमण बढेकोले पानी उमालेर वा शुद्धीकरण गरेर मात्रै मात्रै प्रयोग गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।