खाेज्नुहाेस

गोदावरीका नगरप्रमुख भट्टद्धारा गेटा अस्पतालको अवलोकन

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले गेटा अस्पतालको अवलोकन गरेका छन । शुक्रबार अस्पतालले दिईरहेको सेवासुविधाका बारेमा नगरप्रमुख भट्टले अवलोकन गरेका हुन ।

navjiwan hospital

नगरप्रमुख भट्टले अस्पतालको ओपीडि सेवाका साथै, ल्याब, इमर्जेन्सी सेवा लगायतको अवलोकन गरेका थिए । अवलोकनका क्रममा बोल्दै उनले अस्पतालमा सेवा लिने विरामीको संख्या बढ्दै गईरहेको बताए ।

attariya hospital

उनले ओपिडीका साथै इमर्जेन्सीमा पनि बिरामीको संख्या बढी रहेको बताए । उनले अवलोकनका क्रममा विरामीहरुसँग स्वास्थ्य अवस्था र अस्पतालले प्रदान गरिरहेको सेवासुविधाको बारेमा जानकारी लिएका थिए । विरामीहरुले अस्पतालले राम्रो सुविधा प्रदान गरिरहेको बताएका थिए ।