खाेज्नुहाेस

आमाको याद

Image
आमा,
आज पनि सम्झन्छु म,
attariya hospital
तपाईँले समाइदिनुभएको मेरो सानो हात,
तपाईँको न्यानो काखमा लुकाउँदा
संसारका सबै दुखहरू हराउँथे।
११ वर्ष बितेछ —
तर यो हृदयले समय गन्दै हिँड्दैन,
यो त तपाईँको हाँसो, मायाको आवाज
र अँगालोको गर्मी खोजिरहन्छ।
संसारले भन्छ—
“समयले सबै घाउ निको पार्छ।”
तर आमा, तपाईँको अभावले
घडीको सुई रोकिन्छ,
रात लम्बिन्छ,
र बिहान अधुरो लाग्छ।
कहिलेकाहीँ सपना देख्छु—
तपाईँ फर्केर आउनुभएको,
navjiwan hospital
“छोराछोरी, डराउन पर्दैन”
भन्नु भएको।
तर निद्रा खुल्ने बित्तिकै
यथार्थ चिरिन्छ
र आँसु बग्छ।
आमा,
तपाईँ नभए पनि
तपाईँको आशीर्वाद
मेरो हरेक पाइलामा साथ हुन्छ भन्ने
मलाई विश्वास छ।
म दुःख सहेर पनि अगाडि बढ्छु,
किनभने तपाईँको नामले नै
मलाई बल दिन्छ।
जीवनमा धेरै अधुरा सपना छन्,
तर एउटा मात्र चाहना छ—
कुनै दिन
स्वप्नभन्दा परको संसारमा
फेरि तपाईँको काख पाऊँ..।
कवि हरिस डोबाल बैतडी शिक्षा क्याम्पसका विद्यार्थी हुन्।