बितेका कुरालाई मनमा लिइरहने नचाहिँदो बानी छ।
सानाेमा निमोनिया जितेनी, गहिरो गलानी छ।

सकिन लागेको जवानी छ, सुनाउन नसकिने कहानी छ।
म्यानपावरकाे बन्नीमा राहदानी छ, अनि आफन्तहरूको पनि मनमानी छ।
यस्तो अवस्थामा केही छैन नभनेर, के भनूँ म ?
दामी छ।
प्रतिस्पर्धा चल्थ्यो गाउँमा, सबभन्दा नामीको हुन्छ।
मलाई देखाउँथे आउँला, सोध्दा हरामी को हुन्छ।
केही गर्न नसकेकालाई घरले चिन्दैन भन्छन्, होर !
त्यसो भए मेरो मृत्युमा मलामीको हुन्छ ?
थाप्न सकिएन कहिल्यै पसल केहीको, तनाव आए भएभरको भेटिएन हल कसैको।
कसैले सोचेकै भरमा पाइरहेको छ सब थोक, मैले गरेर पनि पाएको छैन प्रतिफल कसैको।
पानी, पानी साेधदैनन, बिजोक खास्दा पनि…
निधार खुम्साउछन, रिसले हल्का हाँस्दा पनि….
के छ खबर भनी सोध्छौ? के बताउ हजुर!
निद्रा आउँदैन आँखामा भाले बास्दा पनि….
खुसी कत्तिको हुन्छ ? – धेरै हुँदैन अलिअलि हुन्छ।
अनि तनाव ? – तनाव त मेरो साथी हो, सधैँ वरिपरि हुन्छ।

हुन त , हुन त म आफैँलाई अलिकति खास लागेको छ।
फेरी घरकालाई मेरो जीवन सत्यानाश लागेको छ।
घरको तनाव मलाई दिनु भनेको थिएँ मन्दिर जाँदा…..
दिए ! अब त भगवान् हुन्छन् भन्ने पनि विश्वास लागेको छ।
खैर, सहनै नसकिने गरी त केही आइपरेको छैन।
कति आउँछ आवाेस, अझै मै मरेको छैन।
सास मेरो रुख जस्तै हो र आत्मविश्वास फुल
रुख हल्लेको मात्रै न हो, पात झरेको छैन।
हुन त छ असफलता, केही निराशा छ।
अब सके स्वदेश छ, नसके लासा छ।
भगवान् दाइने छैनन् अहिले तर परिभाषा छ।
सब ठिक हुन्छ एक दिन बस यही आशा छ।
कसैले नदिए ठाउँ, नमानी डर म जान्छु।
खोलाले नदिए माछा, म सागरमा जान्छु।
यो हल्लाखाेर अस्थायी छ, कतै त धुनले पर्खी रहेछ।
तनाव यातना को साथी न हो, गन्तव्यमा सुकुनले पर्खी रहेछ।
अहिले पाे केही छैन, भोलि सब थोक हुन्छ।
अहिले केही छैन…………………..
कवि प्रकाश साउँद मालिकार्जुन माध्यमिक विद्यालय दार्चुलाका विद्यार्थी हुन्।

















