तिम्ले हाँस्दा हाँसिदिने, रुँदा रोइदिने बानी परिसक्यो,
म हाँगा हुँदा ,तिम्लाइ फुल हुने बानी परिसक्यो ।

हात समाइ अघिपछि जति हिडाउछ्यौ हिडाउ,
तिम्रै अघिपछि हाँस्दै नाच्दै घुमिरने बानी परिसक्यो।

एक्लै हुँदा हेर्दै कुरी रहे, झ्यालको पर्दा खोली बसे,
सन्ङै हुँदा निहुँ खोजी-खोजी सताउने बानी परिसक्यो ।
अरूले छोडे छोडुन् मेरो खुसी तिमी मेरो साथी तिमी,
च्यातिएर आफू बरु तिम्लाइ सजाउने बानी परिसक्यो।
दशरथ ओझा
गो न पा ०४ वसन्तपुर



















