धनगढी – कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएका १ लाख ६६ हजार ६ सय रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

कैलालीका विभिन्न स्थानबाट बुधबार प्रहरीले १ लाख ३७ हजार रुपैयाँ बराबरका चिनी, कुर्ती सेट, विभिन्न किसिमका मोबाइल कभरलगायतका सामान बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ।

यस्तै, कञ्चनपुरका विभिन्न स्थानबाट २९ हजार ६ सय रुपैयाँ बराबरका पेय पदार्थ, पानीपुरी, बोइलर कुखुरा, प्लास्टिक झिल्ली लगायतका सामान बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतका प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारेका ती सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।

















