खाेज्नुहाेस

बाजुराको स्वास्थ्य सेवा सुधार गर्न चारबुँदे माग

Image

बाजुरा– बाजुराको स्वास्थ्य सेवा सुदृढीकरण गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य हेमराज थापासहितको टोलीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष चारबुँदे ज्ञापनपत्र बुझाएको छ।

navjiwan hospital

ज्ञापनपत्रमा जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत र ओटी नर्सको व्यवस्था, लाइफ सपोर्ट एम्बुलेन्स उपलब्ध गराउने, जिल्ला स्तरीय ब्लड बैंक स्थापना गर्ने तथा आवश्यक स्वास्थ्य उपकरण, औषधि र स्रोत–साधनको व्यवस्थापन गर्न माग गरिएको छ।

attariya hospital

दुर्गम भूगोलका कारण बाजुरावासीले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसकेको भन्दै सरकारले शीघ्र कार्यान्वयन गर्न आग्रह गरिएको छ।