दार्चुला – दार्चुलाको महाकाली नगरपालिका–९ उडइका ३२ वर्षीय वीर भान राम लावड भारतको उत्तराखण्ड स्थित बलुवाकोटबाट पक्राउ परेका छन । उनलाई फेसबुकमार्फत बाल यौन दुव्र्यवहारसम्बन्धी सामग्री प्रसारण गरेको आरोपमा साउन १९ गते (४ अगस्ट) उत्तराखण्डस्थित पिथौरागढ प्रहरीले पक्राउ गरेको हो ।

भारतीय प्रहरीले उनलाई साइबर अपराधविरुद्ध सञ्चालन गरिएको अभियानअन्तर्गत जुलाई १५ मा साइबर टिपलाईबाट प्राप्त सूचनाका आधारमा पक्राउ गरिएको जनाएको छ ।

प्रहरी जाँचका क्रममा वीरभान भारतकै बलुवाकोटकै एक महिलाको नाममा दर्ता भएको सीम प्रयोग गर्दै आएको खुलेपछि उनलाई पक्राउ गरिएको थियो ।
प्रहरीका अनुसार लावडविरुद्ध भारतको सूचना प्रविधि ऐन, २००० को धारा ६७ (बी) अन्तर्गत मुद्दा दर्ता गरिएको छ । अदालतले उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाएको छ ।


















