अत्तरिया – स्वास्थ्य मन्त्री प्रदीप पौडेल गेटा अस्पतालको इमर्जेन्सी सेवाको उद्घाटन गर्ने भएका छन् । भोलि (मंगलबार) दिउँसो मन्त्री पौडेलले गेटा अस्पतालमा जेठ ११ गते देखि सुरु भएको इमर्जेन्सी सेवाको उद्घाटन गर्न लागेका हुन ।

उनी डोटी र डडेल्धुराका कार्यक्रममा सहभागी हुन आउने क्रममा गेटा अस्पतालको इमर्जेन्सी सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको अस्पतालका सूचना अधिकारी नैन सिंह कार्कीले बताए ।

उनले अस्पताल नै उद्घाटन गर्न लागिएको हल्ला गरिए पनि त्यसो नभएको बताए । ‘यहाँ कहाँबाट मिस कम्युनिकेसन भयो । हामीले अहिले अस्पतालको होइन सेवाको ओपनिङ गर्न लागेका हौ’ उनले भने ‘अस्पताल त २०८० मै सुरु भएको हो । अहिले उद्घाटन गर्ने कुरा नै भएन ।’
हाल गेटा अस्पतालको इमर्जेन्सीमा १० वटा बेड राखिएको छ । अस्पतालमा हाल दैनिक ओपिडीमा २ सय बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।


















