अब त यस्सरी कस्सिनु छ ,बेस्सरी कस्सिनु छ
आखिर हिरा पनि त पत्थरै हो,पत्थर सरि कस्सिनु छ ।

निचोरेरै निक्लिने हो रस ,बस निचोरिनै मन छ
घुटुघुटु घुट्का निल्ने गरी अब, प्याला भरि रसिनु छ ।
पहिरो गए हुन्थ्यो ,सायद मनमनै लाग्दो हो महोदय
तिमीले भनेझैँ पुगोस् बस् ,मुटुमै तिम्रो बेस्सरी भासिनु छ ।
सबै एक्लै कहाँ सकिन्छ बन्न बनिन,आऊ बरु एकै बनौँ मिलेर

लौरो बनी सहारा दिन हेर साथी,जङ्गलले पनि त मासिनु छ ।
मन पर्दैन होला, मेरो आरिबारी अनि फूलबारी
फुलै गाँसेर बनिन्छ माला ,हो साँच्चै फूलै सरि गाँसिनु छ ।
अब त यस्सरी कस्सिनु छ ,बेस्सरी कस्सिनु छ
आखिर हिरा पनि त पत्थरै हो,पत्थर सरि कस्सिनु छ ।
दशरथ ओझा
गोदावरी ०४, वसन्तपुर
गजलकार समैजी मावि मजगाउँ गोदावरी ०८, कैलाली का शिक्षक हुनुहुन्छ ।



















