खाेज्नुहाेस

लोकतान्त्रिक खेलकुद संघ गौरीगंगा संयोजकमा अर्जुन बम

Image

चौमाला – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघ गौरीगंगा नगर स्तरीय संयोजकमा अर्जुन बम सर्वसम्मत निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसका क्रियाशील एवम् तरुण दल नेता समेत हुन । कैलालीको राजीपुरमा सम्पन्न भएको भेलाले बमको नेतृत्वमा गौरीगंगामा खेलकुद गतिविधिबाट पार्टीमा योगदान पुर्याउँन्दै आएका बमलाई निर्विरोध चयन गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा योगेश थापा, सचिवमा शेर बहादुर देउवा, सह–सचिवमा रामचन्द्र चौधरी र कोषाध्यक्षमा चन्द्रा बम सर्वसम्मत चयन भएका छन् ।

त्यसै गरी कार्यसमितिको सदस्यहरूमा सुभाष देउवा, जगत सापकोटा, बिराज सुनार, विशाल रावल, गोपाल रावल, मान बहादुर साउँद, नारायण सुनार, दीपेन्द्र कठायत  रहेका छन् ।

attariya hospital
navjiwan hospital

उक्त भेलामा बोल्दै नेपाली कांग्रेस गौरीगंगा नगर सभापति पहल विक्रम चन्दले आगामी दिनमा लोकतान्त्रिक खेलकुद संघले संगठनलाई चलायमान बनाउँदै पाटिलाई सहयोग गर्ने विश्वास व्यक्त गरे । त्यसै गरी नगर सचिव हेमन्त बाजेले नेपालको लोकतान्त्रिक आन्दोलनमा खेलाडी र खेल प्रेमीको भूमिका रहेको बताउँदै नेपाली कांग्रेसले खेल क्षेत्रलाई उच्च महत्त्व दिएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस गौरीगंगाका तरुण, युवा र खेलाडीको उपस्थिति रहेको थियो ।