खाेज्नुहाेस

नाउपामा दोस्रो पटक अध्यक्षबाट रञ्जितालाई हटाउने प्रयास पनि असफल

Image

धनगढी – नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले दोस्रो पटक अध्यक्षबाट रञ्जिता श्रेष्ठलाई हटाउन गरेको प्रयास पनि असफल भएको छ । नाउपाको राष्ट्रिय भेलाले रञ्जितालाई अध्यक्षबाट हटाउँदै लालबीर चौधरीलाई अध्यक्ष बनाएको थियो ।

तर, निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको पछिल्लो भेला अवैधानिक भएको निष्कर्ष निकालेको छ । यो सँगै लालबीर चौधरीको नेतृत्व अवैध ठहर भएको छ भने अध्यक्षमा रञ्जिता श्रेष्ठ नै कायम भएकी छन् ।  आयोगको मंगलबार बसेको बैठकले रञ्जिताको नेतृत्वलाई नै वैधानिकता दिने निर्णय गरेको प्रवक्ता नीता पोखरेल अर्याललाई जानकारी दिइन् ।

attariya hospital
navjiwan hospital

चौधरीले साउन १५ गते विवरण अद्यावधिकका लागि आयोगमा निवेदन दिएका थिए । नाउपा दर्ता हुँदा २१ सदस्यीय केन्द्रीय समितिमा लालवीर चौधरीको नाम थिएन । त्यसकारण राजनीतिक दलसम्बन्धी ऐन र पार्टीको विधान अनुसार लालबीरको नेतृत्व अवैध ठहर भएको हो ।

यसअघि पहिलो पटक अध्यक्षबाट रञ्जितालाई हटाएर आफै अध्यक्ष बनेका रेशम चौधरीलाई पनि निर्वाचन आयोगले मान्यता नदिएपछि पुनः रञ्जिता अध्यक्ष बनेकी थिइन । नाउपाले २०८० मा पहिलो महाधिवेशन गरेर रेशमलाई अध्यक्ष बनाएको थियो ।

यसअघि डा.सिके राउत नेतृत्वको जनमत पार्टी र नाउपा बिच पनि पार्टी एकता भएर रञ्जिताको अध्यक्ष पद गुम्नि निश्चित भएका बेला उक्त एकता पनि घोषणा सभाकै दिन भाडिएको थियो ।