खाेज्नुहाेस

सांसद रुपाको प्रश्न : १५० जना क्षमताको कारागारमा ७ सय कैदी राखेर के गर्न खोजेको ?

Image

धनगढी – सांसद रूपा सोशी चौधरीले १५० जना क्षमता रहेको कैलाली कारागारमा ७ सय कैदी बन्दी राखेर के गर्न खोजेको भन्दै सरकारलाई प्रश्न गरेकी छिन । मंगलबार प्रतिनिधिसभा बैठकमा आफ्नो कुरा राख्दै उनले यसरी गरिएको मानव अधिकार हननको जिम्मा कसले लिने भन्दै प्रश्न गरीन ।

navjiwan hospital

उनले कैलाली कारागारमा जुन घटना भयो त्यो लज्जास्पद र दुःखद भएको उल्लेख गरिन् ।

attariya hospital

सुरक्षा घेरामा रहने बन्दीहरू झडप गर्दासम्म प्रशासन किन मौन बस्यो भन्दै उनले सुरक्षा घेराभित्रका मान्छेको त सुरक्षा हुन नसक्दा सर्वसाधारण जनताले कसरी सुरक्षाको प्रत्याभूति गर्ने भनेर प्रश्न गरिन् । घटनाको निष्पक्ष छानबिन गर्दै दोषीमाथि कारबाही गर्न उनले आग्रह गरिन् ।