बैतडी–बैतडीमा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ । डिलाशैनी गाउँपालिका–४ जोखल्लीकी अन्दाजी १३ बर्षीया आरती रोकायाको झाडापखालाबाट मृत्यु भएको हो ।

तीन दिनदेखि झाडापखाला लागेकी रोकायाको सोमबार बिहान घरमै निधन भएको महिला स्वास्थ्य स्वयंसेविका डम्मरा नेगीले बताइन् ।


झाडापखाला लागेकी रोकायालाई उपचारका लागि स्वास्थ्य संस्था नलैजाँदा ज्यान गएको हो । उनलाई स्वास्थ्य संस्था लैजानुको सट्टा घरमै धामीझाक्री बोलाएर झारफुक गरेको बताइएको छ ।
आरती महेश्वरी मावि न्वाघरमा कक्षा ८ मा अध्ययनरत थिइन ।
















