खाेज्नुहाेस

कैलालीमा डेंगु रोगका बिरामीको संख्या ७६ पुग्यो

Image
navjiwan hospital

धनगढी– कैलालीमा डेंगु रोगका बिरामीको संख्या ७६ पुगेको छ । जिल्लामा सन् २०२५ को हालसम्मको अवधिमा ७६ जना डेंगु रोगका बिरामी भेटिएका हुन ।
स्वास्थ्य कार्यालय कैलालीका फोकल पर्शन मीनबहादुर धामीले सन् २०२४ भन्दा सन् २०२५ मा डेंगुका बिरामी केही घट्दो क्रममा रहेको बताए ।
सन २०२४ मा कैलालीमा डेंगु बिरामीको संख्या ५२० रहेको थियो । धामीका अनुसार सन २०२५ का अझै केही महिना बाँकी रहेकाले संख्या बढने देखिएको छ ।
कार्यालयले संचालन गरेको लार्भाखोज तथा नष्ट गर्ने अभियान र सचेतना महिना जस्ता कार्यक्रमले केही घटेको हुन सक्ने उनले बताए । हाल सुदूरपश्चिम भरि यो रोगका बिरामीको संख्या ३ सय ४५ रहेको उनले बताए ।