कैलाली– धनगढीमा आयोजित रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन । धनगढीमा रहेको दिनेश फाउन्डेसनद्वारा आयोजित रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका हुन ।

फाउन्डेसनले शुक्रबार १३औँ बृहत रक्तदान कार्यक्रममा आयोजना गरेको थियो । बिगत १२ बर्षदेखि नियमित रुपमा वार्षिक रक्तदान कार्यक्रम गर्दै आएको दिनेश ग्रुपका प्रबन्धक दीपेन्द्र ओझाले बताए । रक्तदान कार्यक्रममा फाउन्डेसनसंग आवद्ध पदाधिकारी, दिनेश ग्रुपका कर्मचारी लगायत सर्वसाधारणले समेत रक्तदान गरेको उनले बताए ।


रक्तदान कार्यक्रममा सुदुरपश्चिम प्रदेशका सर्वाधिक सतक रक्तदाता एवं रक्तदान सद्भावना दुत दीपक उपाध्यायको समेत उपस्थिति रहेको ओझाले बताए ।
















