खाेज्नुहाेस

लगानी सम्मेलनका लागि परियोजना पहिचान

Image

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले गर्ने भनिएको प्रदेश लगानी तथा विकास सम्मेलनका लागि ४५ वटा प्रारम्भिक परियोजना पहिचान गरिएको छ । स्थानीय तह, निजी क्षेत्र, एसियाली विकास बैंक (एडीबी), प्रदेशका मन्त्रालयबाट सिफारिस भइ आएका ४५ वटा प्रारम्भिक परियोजनाहरु पहिचान गरिएका हुन् ।

navjiwan hospital

परियोजना पहिचान तथा विकास उपसमितिका सदस्य समेत रहेका प्रदेश नीति तथा योजना आयोगका सदस्य नृप सुनारले कृषि, ऊर्जा, पर्यटन, उद्योग, शिक्षा, सूचना प्रविधि, वनलगायत विभिन्न क्षेत्रबाट योजनाहरु पहिचानको कार्य भइरहेको जानकारी दिए । जसको बारेमा विस्तृत अध्ययन अनुसन्धान भइरहेको र अध्ययनपछि टुंगो लगाइने बताए ।

add everest academy
attariya hospital

लगानी सम्मेलन आउँदो मंसिर १ र २ गते हुँदै छ । सम्मेलन तयारीलाई प्रभावकारी बनाउन विभिन्न उपसमिति समेत गठन गरिएका छन् । यद्दपी तयारीको लागि विभिन्न उपसमिति बनाइए पनि तयारी नपुगेको भन्दै सम्मेलनको मिति पनि पटक–पटक सारिँदै आइएको छ । सुरुमा गत वर्ष २०८० फागुन २३ र २४ गते लगानी सम्मेलनको मिति तोकिएको थियो । पछि असोज १ र २ गते गर्ने भनिएकोमा हाल मंसिर १ र २ गते कायम गरिएको छ ।