सत्ता, सम्प्रभुता र संग्राह सबै पारेर आफ्नै बस,


आफ्नै रगतको खोला बगाई कसरी बनायौँ नेपाल देश ।
गोलीको आवाजमा जन्मिएको हो नेपाल देश यो,

शान्तिको फूल फुलाउन कति काँडा भित्र टेके थिए यो ।
साझा हो धर्तीमा निसको भन्ने भुलेको किन र ?
वीरहरूको रगतले कोरिएको नेपाल हो यही दिन।

माटो साक्षी छ ती बलिदानको, बग्दैन त्यो आँसुले,
जहाँ झन्डा उचालिन्छ रगतको सितले ।
वीरहरूको रगतमा बगेको छ त्यो गाथा,
कुनै किताबमा समेटिन्न वीरहरूको त्यो कथा।
माटो शहीदको अङ्गालो हो, आकाश सपनाको उज्यालो,
हाम्रो इतिहास पुस्तामा मात्रै होइन नि यो चम्किलो ।
लेखक : नारिशा कुँवर
विद्यार्थी,दार्चुला बहुमुखी क्याम्पस

















